•            
    • sajhaonlinetv. com

    • २३ जेष्ठ २०७९, सोमबार ०३:५९

    आजको प्रतिनिधिसभाको बैठकमा दुई विद्येयक पेस हुँदै

    प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । 

    सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै