•            
    • sajhaonlinetv. com

    • २४ जेष्ठ २०७९, मंगलवार १६:२४

    लोक गीत “घिन घिन घिन्ताङ” म्युजिक भिडियोको पोस्टर सार्वजनिक ।

    नेपाली मौलिक लोक गीत “घिन घिन घिन्ताङ” म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ ।
    चर्चित गायिका मिलन नेवार र उत्सव सुब्वा लामाको सुमधुर आवज रहेको नेपाली मौलिक लोक गित “घिन घिन घिन्ताङ” को पोस्टर सार्वजनिक भएको छ ।
    सविन कुमार तोलाङगीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मोडलिङ क्षेत्रमा उदयमान मोडल तथा खेलाडी दिपेन खड्काको साँथमा चर्चित मोडल उसा उप्रेती र जुना सुन्दासको मुख्य अभिनय रहेको छ भने भिडियोमा अन्य कलाकारहरु पार्वति गिरी र रेशम गुरुङको पनि अभिनय रहेको छ ।
    कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा छायांकन चर्चित छायाँकार नवराज उप्रेतीको रहेको छ भने नृत्य निर्देशन रबि सुनार,भिडियो सम्पादन तथा रंग संयोजन प्रबिन भट्ट, सिंगार बिमला तामाङ, फोटोग्राफी अनिल बि.सि र मुख्य साहेक निर्देशन राजेन्द्र मर्हजनका रहेको छ ।
    उक्त गितको शब्द सुरेन सिर्जन, संगित गायक उत्सव सुब्बा लामा र एरेन्ज, मास्टरीङ र मिक्सीङ संगितकार तथा गायक आर बि लामाको रहेको छ ।
    मोडल दिपेन खड्काले यो भन्दा अगाडी पनि एक दर्जन म्युजिक भिडियामा अभिनय गरिसकेका छन् । समाज सेवा, ब्यवसाय सँग सँगै मोडलिङ क्षेत्रमा क्रियाशिल छन् । खड्काले यम के इन्टरटेनमेन्ट नामको यूटुभ च्यानल पनि सञ्चालनमा ल्याएका छन् । उनको नेपाली सांगेतिक र मोडलिङ क्षेत्रमा ब्यवसायिक हिसावले निरन्तर लागिरहने योजना छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै