प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। त्यसका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेश १ सरकारले कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ।










