•            
    • sajhaonlinetv. com

    • २६ जेष्ठ २०७९, बिहीबार ०२:५१

    एसिया कप छनोट तेस्रो चरणमा : नेपाल जोर्डनसँग पराजित

    नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।

    नेपालले पहिलो हाफमा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने हार टार्न सकेन ।

    जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक/एक गोल गरे । नेपालका लागि डेब्यु गरिरहेका गोलरक्षक दीप कार्कीले पहिलो हाफमा जोर्डनले गरेको पेनाल्टी प्रहारलाई गोल हुन दिएनन् । खेलको ४३ औं मिनेटमा मौसा मोहमदको पेनाल्टी बचाए । गौतम श्रेष्ठले मोहम्मद फैजललाई लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

    ओल्वनले ६९ औं मिनेटमा पहिलो गोल गरे भने खेल सकिन आठ मिनेट अगाडि हाम्जाले पेनाल्टीबाट दोस्रो गोल थपे ।

    सुमन अर्यालले मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टीको दोस्रो अवसर पाएको थियो । यो नतिजासँगै छनोटको समूह ‘ए’ मा जोर्डनले तीन अंक जोडेको छ । अब नेपालले कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै