सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल गएरातिको वर्षाले बगाएको छ। अहिले उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ।
वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ।

मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल गएरातिको वर्षाले बगाएको छ। अहिले उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ। मेयर तामाङका अनुसार यो वर्षपनि गतवर्षजस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ। यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण भने असहज रहेको उनले बताए।










