•            
    • sajhaonlinetv. com

    • २८ जेष्ठ २०७९, शनिबार ०५:४५

    बजेटमार्फत परिवर्तन भएका कर परिमार्जन गर्ने अर्थमन्त्रीको उद्योगलाई आश्वासन

    अर्थमन्त्री जनार्दन शमाले आन्दोलनरत पूर्वका उद्योगीसँग बजेट निर्माणका क्रममा गल्ती भएको स्वीर्कादै बजेटमार्फत परिवर्तन भएका करमा परिमार्जन गर्ने आश्वासन दिएका छन् ।

    आन्दोलनरत उद्योगीलाई अर्थमन्त्री शर्माले शुक्रबार नै वार्ताका लागि काठमाडौं बोलाएका थिए । अर्थ मन्त्रालयमा अपराह्न भएको वार्तामा अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा आफ्नो त्रुटि भएको स्वीकार्दै परिवर्तित करलाई सम्बोधन गर्ने आश्वासन दिएको वार्तामा सहभागी मोरङ व्यापार संघका महासचिव अनिल सारडाले बताए ।

    अर्थमन्त्री शर्माले कमिसनको चक्करमा अमुर्त उद्योगलाई काखी च्यापेर बजेटमार्फत कर नीति निर्धारण गर्दा अबौको लगानीमा सञ्चालन भइरहेका स्टिल तथा वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग र सेनीटरी प्याड उत्पादन गर्ने उद्योग बन्दको स्थितिमा पुगेको भन्दै मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले सयुक्त रूपमा आन्दोलन गर्दै आएका थिए । अर्थमन्त्रीले सेनिटरी प्याड, वनस्पति घ्यूतेल र एमएस वायरमा आधारित तीन थरीका उद्योग बजेटले परिवर्तन गरेको कर नीतिले प्रभावित भएको स्वीर्कादै असार १ गतेदेखि उचित सम्बोधन गर्न आफू तयार रहेको बताएको सारडाले बताए ।

    ‘बजेट बनाउने क्रममा आएका सुझावका आधारमा बजेट तयारी गरिएको हो,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै सारडाले भने, ‘एक जना अर्थमन्त्री र अर्थ सचिवले सबै कुरा बुझेको हुँदैन । बजेट बनाउने समयमा केही बुझिएन होला । उद्योगका समस्या सबैतिरबाट आइरहेको र बुझिरहेको छु । त्यसलाई समाधान गर्छु ।’ जेठ ३० गते बजेट पास हुने र असार १ देखि समस्याको समाधान गर्नै मन्त्री शर्माको आश्वासन थियो । मन्त्री शर्माले जीआई वायरको निर्यात भएपछि त्यसको कच्चा पदार्थ एमएस वायरमा लाग्ने अन्तशूल्कको रकम फिर्ता गर्न विषयमा पनि सकरात्मक भएको सारडाले बताए ।

    वार्तामा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र महासचिव अनिल सारडा, उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेल, उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको सहभागिता रहेको सारडाले वताए । भारतले फलामजन्य सामग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चा पदार्थ निर्यातमा १५ प्रतिशत अन्तशूल्क लगाएको छ । तर यहाँको बजेटले भन्सार महसुल ५ प्रतिशतबाट १० प्रतिशत र अन्तशूल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्‍याएको उद्योगीको भनाइ छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै