नेपाली लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियो यूटुभमा सार्वजनिक भएको छ ।चर्चित गायिका मिलन नेवार र उत्सव सुब्वा लामाको सुमधुर आवज रहेको नेपाली मौलिक लोक गित “घिन घिन घिन्ताङ” को म्युजिक भिडियो एम के इन्टरटेनमेन्ट यूटुभ च्यानल बाट यूटुभमा सार्वजनिक भएको छ ।
सविन कुमार तोलाङगीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मोडलिङ क्षेत्रमा उदयमान मोडल तथा खेलाडी दिपेन खड्काको साँथमा चर्चित मोडल उसा उप्रेती र जुना सुन्दासको मुख्य अभिनय रहेको छ भने भिडियोमा अन्य कलाकारहरु पार्वति गिरी र रेशम गुरुङको पनि अभिनय रहेको छ ।

कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा छायांकन चर्चित छायाँकार नवराज उप्रेतीको रहेको छ भने नृत्य निर्देशन रबि सुनार,भिडियो सम्पादन तथा रंग संयोजन प्रबिन भट्ट, सिंगार बिमला तामाङ र फोटोग्राफी अनिल बि.सि रहेको छ ।
उक्त गितको शब्द सुरेन सिर्जन, संगित गायक उत्सव सुब्बा लामा र एरेन्ज, मास्टरीङ र मिक्सीङ संगितकार तथा गायक आर बि लामाको रहेको छ ।










