•            
    • sajhaonlinetv. com

    • ३० जेष्ठ २०७९, सोमबार ०३:२४

    एमालेको सचिवालय बैठक आज बस्दै

    नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

    सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै