•            
    • sajhaonlinetv. com

    • १ असार २०७९, बुधबार ०४:०७

    सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै

    सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन्।

    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। 

    सोही अनिवार्य प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्। सबै प्रदेश सरकारको यो अन्तिम कार्यकालको बजेट हो।

    सबैजसो प्रदेश सरकारले सार्वजनिक गर्न लागेको बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राखेका छन्।

    प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ। 

    त्यसैगरी मधेस प्रदेश सरकारले झन्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको छ भने बागमती प्रदेश सरकारले झण्डै ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

    त्यस्तै गण्डकी प्रदेश सरकारले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब भन्दा बढीको बजेट ल्याउँदै छ।

    कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ। गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी कर्णाली प्रदेश सरकारले गरेको हो। 

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षको भन्दा झण्डै चार वर्ष बढाएर बजेट ल्याउने तयारी सुदूरपश्चिम प्रदेश सरकारले गरेको हो। 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै