•            
    • sajhaonlinetv. com

    • ४ असार २०७९, शनिबार ०४:१३

    एसपीपी बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्छ : नेता नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । 

    एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ । 

    https://www.youtube.com/watch?v=b_s_ovMuw_M

    एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरुमा समेत गम्भीर छैनन्  भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै