नेपाल म्युजिक फेसन अवार्ड २०२२ को तेश्रो सस्करण हिजो शुक्रबार सम्पन्न भएको छ । नेपाली मोडलिङ क्षेत्रमा चर्चित मोडल साँया भण्डारी नेपाल म्युजिक फेसन अवार्ड २०२२ को सर्वोत्कृष्ट लोक दोहोरी मोडलको बिजेता बनेकी छिन् ।
स्टार वन इन्टरटेनमेन्ट प्रा.ली को आयोजनमा ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो नेपाल म्युजिक फेसन अवार्ड चर्चित मोडल साँया भण्डारीले नेपाली साँगेतिक क्षेत्रमा निकै चर्चा कमाएको चरै बनैमा गीतबाट सर्वोत्कृष्ट अवार्ड बिजेता बन्न सफल भएकी हुन् ।
दाङ जिल्लामा स्थाई बसोबास गर्दै आएकी भण्डारी नेपाली साँगेतिक क्षेत्रमा लामो समय देखि क्रियासिल छिन् । उनले अहिले सम्मा पाँच सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
उनी म्युजिक भिडियोमा मात्र नभएर चर्चित टेलि चलचित्र मेरी बास्सै र गोलमालमा समेत अभिनय गरिरहेकी छिन् । उनी मुख्यतः अभिनयमा निकै अब्बल देखिन्छीन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, बरिष्ट संगितकार सम्भुजित बास्कोटा उपस्थीत थिए ।