•            
    • sajhaonlinetv. com

    • ८ असार २०७९, बुधबार १३:३२

    नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

    आज बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि  सन्तानले नागरिकता नपाएको अवस्था छ । त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ ।’ बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ । 

    विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन् । उनले गठबन्धन र विपक्षी दलका नेतृत्वसँग छलफल गरेका थिए । बैठकले अब नागरिकता विधेयक अगाडि बढाउन गठबन्धनले निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।

    कार्कीका अनुसार कानुनमन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएका प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । चाडैं शान्ति प्रक्रियाको विषय टुंग्याउने सहमति भएको मन्त्री कार्कीको भनाइ छ । यस्तै महँगी बढेको विषयमा छलफल भएको उनले बताए । महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरिने उनले बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै