•            
    • sajhaonlinetv. com

    • १० असार २०७९, शुक्रबार ०३:१२

    सर्वनाम स्कुलमा यौन दुर्व्यवहार : वार्डेन रामजी बस्नेत प्रहरी हिरासतमा

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारामा रहेको सर्वनाम स्कुलका छात्रावास प्रमुख (वार्डेन) रामजी बस्नेत आफ्नै स्कुलका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप प्रहरी हिरासतमा छन । सर्वनाम स्कुलमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरी वृत बौद्धले बस्नेतलाई जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।

    उनीविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका छन् ।

    करिब ६ महिनादेखि वार्डेनले आफ्ना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका छन् । छात्राहरुले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो । होस्टल वार्डेन बस्नेतले छात्रालाई बोक्थे, उचाल्थे । अनि, सोध्थे–कत्ति केजी छौ ?’

    बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनीविरुद्ध प्रहरीले ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा मुद्दा चलाएको छ ।

    यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुईजना शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै