नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतालाई महँगीको मारबाट बचाउन सरकारसँग आग्रह गरेका छन्। डा. कोइरालाले शुक्रबार बिहान सामाजिक सञ्जाल टुइटर बाटमार्फत जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सुझाव दिएका हुन्।

उनले भनेका छन्, ‘सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ भन्सार र प्रज्ञापन शुल्क रु२५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ रुपैयाँ प्रतिलिटर अन्तराष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्।’










