•            
    • sajhaonlinetv. com

    • १३ असार २०७९, सोमबार १८:५२

    दोस्रो नेसनल ब्राण्ड म्युजिक अवार्ड २०७८ सम्पन्न, साया भन्डारीले पाइन सर्वोत्कृष्ट मोडलको अवार्ड ।

    ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालीको आयोजनमा दोस्रो नेसनल ब्राण्ड म्युजिक अवार्ड २०७८ नेपाल सरकारका शिक्षा प्रबिधी बिज्ञान मन्त्री देबेन्द्र पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । सर्वोत्कृष्ट मोडलको अवार्ड साया भन्डारीले पाएकी छिन ।

    काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघर जमलमा सम्पन्न दोस्रो नेसनल ब्राण्ड म्युजिक अवार्ड २०७८ को अवार्ड फिल्मी लोकगीत, आधुनिक, लोकदोहोरी, गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडिओ, मोडल, निर्देशक, संगीत, शब्दलगायत अवार्डसहित विभिन्न ४४ विधामा अवार्ड वितरण गरेका थिए ।

    हरेक विधाको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको थियो। ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्डमा विजेता छानिएको निर्देशक सुनिल विसीले जानकारी दिए।

    मोडल साया भण्डारीले नेपाली लोक गित “पिरती नलाम माया मन पोल्छ” बोलको गितबाट सर्वोत्कृष्ट मोडलको अवार्ड जितेकी हुन । यो गित नेपाली दर्शक माझ निकै लोक प्रिय बनेको थियो । भण्डारीले चर्चित मोडल बिमल अधिकारि संग अभिनय गरेकी थिइन । भण्डारीले यो वर्ष निरन्तर अवार्ड पाइरहेकी छिन । यहि महिनामा सम्पन्न नेपाल म्युजिक फेसन अवार्ड २०२२ को सर्वोत्कृष्ट लोक दोहोरी मोडलको अवार्ड पनि जित्न सफल भएकी थिइन।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै