काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो ।
५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।










