•            
    • sajhaonlinetv. com

    • २५ असार २०७९, शनिबार १०:१८

    श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागे

    श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

    श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।

    त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो । आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।

    प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए ।

    प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै