•            
    • sajhaonlinetv. com

    • २६ असार २०७९, आईतवार १६:०८

    टेलि चलचित्र“चेतना”बाट बाल कलाकार आर्सिना सिल्वालका आगमन

    नेपाली कथानक टेलि चलचित्र“चेतना” बाट आर्सिना सिलवाल बाल कलाकारको रुपमा आगमन भएकी छिन् ।
    सबिन कुमार तोलाङगीको लेखन तथा निर्देशन रहेको नेपाली कथानक टेलि चलचित्र“चेतना” मा बाल कलाकारको रुपमा आर्सिना सिलवालले काम गरकी छिन् । जसमा कमल प्रसाद शर्मा र अनिल बिसीको निर्माण रहेको छ ।
    काठमाण्डौ जिल्ला नागार्जुन नरपालिका वडा नं.१०,सुचाटार स्थाई घर भै हाल अस्थाई रुपमा बनस्थलीमा निवासी आर्सिना आफ्ना बुवा राज सिलवाल र आमा सिला पौडेल सिलवालको साथमा बस्ने गर्छिन् ।
    ७ बर्षकी आर्सिना सिलवाल नाइटिङगेल स्कुल,कपनटोल,ललितपुरमा कक्षा २ मा अध्ययन गर्छिन् । आर्सिना अध्ययनका साथसाथै अभिनय, डान्स र सिंगीङमा पनि अब्बल छिन् ।
    चलचित्रको छायांकनको क्रममा आर्सिनाको प्रतिभा देखेर निर्देशक निकै प्रभावित भएका थिए । आर्सिनालाई एक पटक सिकाएसी दोश्रो पटक सिकाइ राख्नु पर्देन् । उनी आफ्नो चरित्र अनुसार प्रस्तुती सजिलै दिने गर्छिन् ।
    आर्सिनाको भित्री हृदय देखिनै कला क्षेत्र पनि रुचि छ । उनी अभिनय, नृत्य र गित गाउन भनेसी निकै खुसी हुने गर्छिन् । आर्सिनाको रुचि मुताबिक उनका बुवा र आमाले पनि उचित बातावरणको निर्माण गरिदिएका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै