•            
    • sajhaonlinetv. com

    • ३१ असार २०७९, शुक्रबार ०२:३५

    श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षेले दिए राजीनामा

    आन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएका छन्। उनको राजीनामाको खबरले प्रदर्शनकारी खुसी भएका छन्।

    राजापाक्षेले सभामुखलाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन्। सभामुखले सबै प्रक्रिया पुरा गरेर आधिकारिक रुपमा शुक्रबार राजीनामा घोषणा गर्ने बताएका छन्। 

    मंगलबार राति मालदिभ्स पुगेको राजापाक्षे बिहीबार सिंगापुर ओर्लिएका हुन्। उनको साथमा पत्नी र दुई अंगरक्षक रहेको बताइएको छ।

    पक्राउ पर्ने डरले राजीनामा दिनुअघि उनले देश छाडेको बताइएको छ। 

    सिंगापुरले राजापाक्षेले शरण माग नगरेको बताएको छ। सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई आगमनको अनुमति दिएको तर शरण नदिएको स्पष्ट पारेको छ।

    राजापाक्षेले भाग्दै गर्दा प्रधानमन्त्री पदमा रहेका रनिल विक्रमासिंगेलाई कामचलाउ राष्ट्रपति बनाएका छन्। यद्यपि, औपचारिक रुपमा अन्तरिम राष्ट्रपति बन्न उनले शपथ लिनुपर्ने हुन्छ। त्यसपछि ३० दिनभित्र संसदले उनलाई अनुमोदन गर्नुपर्छ। एजेन्सी

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै