प्रकृतिमा बोटबिरुवा हराभरा
प्रकृति हाम्रा लागि अमृत बराबर।
प्राणी आश्रित बोटबिरुवामा
बोटबिरुवा आश्रित प्राणीमा ।
प्राणी निर्भर प्रकृतिमा
प्रकृति निर्भर प्राणीमा ।

प्रकृति हामीलाई दिन्छ गाँस, बास, कपास
हामी प्रकृतिलाई दिन्छौं बाँच्ने साथ ।

प्रकृतिले हामीलाई दिन्छ अक्सिजन
हामीले प्रकृतिलाई दिन्छौं कार्बन डाइअक्साइड ।
त्यसैले हामी सबै जिम्मेवार बनौँ
हाम्रो प्रकृतिलाई सुन्दर र हरियाली बनाऊँ।
प्राणी आश्रित प्रकृतिमा
प्रकृति आश्रित प्राणीमा ।
प्रेजु नेपाली
जेम्स स्कुल, कक्षा ८
धापाखेल ललितपुर










