•            
    • sajhaonlinetv. com

    • १ श्रावण २०७९, आईतवार १४:४८

    प्रचण्ड भारत भ्रमण सकेर स्वदेश फर्किए,मोदीसँग भेट भएन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । 
    भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । 

    ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनको भनाइ छ । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै