•            
    • sajhaonlinetv. com

    • ३ श्रावण २०७९, मंगलवार ०८:४१

    नेपाल आयल निगमले ऋण लिएर इण्डियन आयल कर्पोरेशनलाई बुझायो साढे १० अर्ब भारू

    नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ । घाटामा तेल बेचिरहेको निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब २० करोड रुपैयाँ पुगेका थियो ।

    जसमध्ये, १६ अर्ब ८० करोड रुपैयाँ बुझाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले साझा अनलाईन टि.भिलाई जानकारी दिए । आईओसीलाई बुझाउन लागिएकोमध्ये १० अर्ब रुपैयाँ ऋणबाट सङ्कलन गरिएको हो ।

    नेपाल सरकारले ७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण, २ अर्ब ७५ करोड अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता र पूर्वाधार विकास करबापतको ५९ करोड ८६ लाख रुपैयाँ निगमलाई दिएको छ । यसैगरी, वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ ऋण दिएको छ

    यो रकम पाएपछि तेल किनेर भुक्तानी गर्न बाँकी ३१ अर्बभन्दा बढी रकम घटेर १४ करोडमा आउने निगमले बताएको छ । निगमले सरकार र वाणिज्य बैंकले दिएको ऋण र भ्याट फिर्ता र पूर्वाधार कर बापतको रकम फिर्ता विभिन्न नाममा १३ अर्ब ३४ करोड रुपैयाँ पाएको छ ।

    यसबाहेक, १४ दिनको अवधिमा निगमले पेट्रोलियम पदार्थको बिक्री बापत ३ अर्ब ४६ करोड रुपैयाँ सङ्कलन गरेको छ । निगमले महँगोमा तेल किनेर सस्तो बेच्दा न्यून आम्दानी भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिए । यद्यपी, पछिल्लो समय आईओसीबाट तेलको मूल्य घटेर आउँदा निगमलाई केही राहत भएको छ ।

    आईओसीले पछिल्लो पटक पठाएको मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर १९५.१९ रुपैयाँ छ । यस्तै, डिजेलको खरिद लागत १९३.९२ रुपैयाँ र मट्टितेलको खरिद लागत १६८.९७ रुपैयाँ छ । यसैगरी, खाना पकाउने एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २३ सय ८२ रुपैयाँ छ ।

    जबकि, पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल÷डिजेलको बिक्री मूल्य प्रतिलिटर १७२ र खाना पकाउने एलपीजी ग्याँसको बिक्री मूल्य १८ सय रुपैयाँ प्रतिसिलिन्डर रहेको छ । यसरी, खरिद लागतको तुलनामा बिक्री मूल्य कम हुँदा निगमलाई अहिले मासि

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै