•            
    • sajhaonlinetv. com

    • १० श्रावण २०७९, मंगलवार १४:३०

    पूर्व अर्थ मन्त्री जनार्दन शर्मामाथिको छानबिन समितिले सहमतिमै प्रतिवेदन लेख्ने

    पूर्व अर्थ मन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सहमतिकै आधारमा प्रतिवेदन लेख्ने भएको छ ।

    नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज हेरेर त्यसबारे फरेन्सिक विज्ञसँग पनि छलफल गरेको समितिले अब म्याद थपका लागि आग्रह नगर्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णय गरेको हो ।

    सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि ५ साउनमा थप ७ दिन म्याद थपिएको थियो ।

    आर्थिक वर्ष २०७९(८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै