•            
    • sajhaonlinetv. com

    • १२ श्रावण २०७९, बिहीबार ०६:४९

    माओवादी केन्द्रको स्थायी समिति बैठकमा जारी ,पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउन माग

    नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् । 

    बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ आफ्नो धारणा राखेको पोखरेलले बताए ।

    आज बोल्ने नेताहरुको धारणा सकिएन । राष्ट्रिय सभाको बैठक भएकाले बैठक सकियो । भोलि पुन विहान ८ बजे बैठक बस्ने छ’ पोखरेलले भने। बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद र स्थानीय चुनावमा भएको अन्तर्घातका विषयमा समेत छलफल हुने बताएको छ । यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लाग्ने भएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै