•            
    • sajhaonlinetv. com

    • १५ श्रावण २०७९, आईतवार ०९:४८

    खोटाङको मात्तिम बिर्तालाई केन्द्रबिन्दु बनाएर गएको ६ म्याग्निच्यूडको भूकम्पले ६ वटा घरमा क्षति 

    खोटाङको मात्तिम बिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान ८ बजे १३ मिनेटमा गएको ६ म्याग्निच्यूडको भूकम्पले ६ वटा घरमा क्षति पुगेको छ। 

    खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार भूकम्पबाट साकेला गाँउपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर चर्किएको छ।

    त्यस्तै डाडागाँउका प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ।

    उता हलेसी-तुवाचुङ.नगरपालिका ९ सल्ले बस्ने ध्रुव पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको छ। त्यही नगरपालिका ७ का सयङ्खुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ। 

    काठमाडौंसम्म सामान्य धक्का महसुस भएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा दुई घरमा क्षति पुगेको छ। 

    स्थानीय प्रमोद हलवाईसहित दुईजनाको घर भत्किएको हो। भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार मानवीय क्षतिको सूचना आएको छैन।

    उता गृहमन्त्री बालकृष्ण खाणले खोटाङमा गएको भूकम्पबाट भएको क्षति र उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्। 

    गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायव महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायव महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति उद्धारबारे जानकारी लिएका हुन्। 

    घाइते भएका भए उद्धार र घर भत्किएर बस्न नहुनेलाई अन्यत्र सार्ने काम यथाशक्य गर्न उनले निर्देशन दिएका छन्। जिल्ला र प्रदेशको स्रोत साधनले नपुगे केन्द्रमा जानकारी गराउन पनि उनले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै