•            
    • sajhaonlinetv. com

    • २१ श्रावण २०७९, शनिबार १०:०६

    सप्तकोसी नदीमा पानीको बहाव बढ्यो

    पूर्वी पहाडी जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा बहाव अत्याधिक बढेको छ । शनिबार दिउँसो १ बजे गरिएको मापन अनुसार सप्तकोसी नदीमा अहिले २ लाख ५ हजार क्युसेक पानी प्रतिसकेण्ड कोसी ब्यारेजबाट बगेको छ ।

    पानीको बहाव राती सम्म बढेर जाने अनुमान गएिको छ । बिहानैबाट सप्तकोसी नदीमा पानीको बाहाव अस्वाभाविक रुपमा बढेको र रातीसम्म थप बढेर जाने सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए  । 

    उनले सप्तकोसी नदीमा पानीको बाहब ५ लाख क्यसेक सम्म पुग्ने अनुमान गरिएको जानकारी दिए। सप्तकोसी नदीमा अस्वभाविक रुपमा पानीको बहाव हुँदा तटिय क्षेत्रका वासिन्दालाई सुरक्षीत रहन आग्रह गरेका छन्।  

    शनिबार बिहानबाट सप्तकोसी नदीमा पानीको बहाव बढ्दा सप्तकोसीले धार परिवर्तन गर्दा प्रभावित भएकाहरु थप जोखिममा परेका छन्। बिहीबारबाटै घाम लागेका कारण सप्तकोसी नदीमा पानीको मात्रा घट्दै गएको थियो। पानीको बहाव घटेपछि  श्रीलंका टप्पुबाट विस्थापित भएकाहरु पनि घर फर्कन थालेका थिए। पुन: पानीको बहाव बढेपछि जोखिम भएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै