•            
    • sajhaonlinetv. com

    • १८ चैत्र २०७८, शुक्रबार ०९:२५

    हलिउड स्टार ब्रुसको सन्यास लिने घोषणा

    हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो ।
    एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् ।


    ‘ब्रुस एफासिया रोगबाट पिडित भएका छन् । यो रोगका कारण उनको बोल्ने, लेख्ने र भाषा बुझ्ने क्षमतामा असर परेको छ । सोही कुरोको बिचार गरेर उनले अभिनय छोड्ने फैसला दिएका हुन्’ सामाजिक संजालमा भनिएको छ ।
    ब्रुसले १९८० को दशकमा अभिनय करियर सुरु गरेका थिए । आफ्नो लामो अभिनय करियरमा उनले ‘द बक्सिङ’, ‘होस्टेज’, ‘ग्लास’ जस्ता कयौ राम्रा फिल्म दिएका छन् । उनी डाई हार्ड सिरिजका कारणले पनि चर्चित छन् ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै