नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहा (प्रचन्ड)लले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन्।
बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरेका हुन्।
प्रचण्डले सम्बोधनको क्रममा भने, ‘यसले पार्टीको वर्ग चरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ। हामी विचार, कुरा, र मुखमा त अहिले पनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन।’
उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए।
क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिष्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्ने तिर बढी केन्द्रित हुने गरेको प्रचण्डको भनाई छ।
सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्दै प्रचण्डले नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे।
यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए।
व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे।
‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन। धेरै नै बिग्रेको छ। हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै शुरु गर्नुपर्ने ठान्छु म,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘हामी हिजोको जस्तो क्रान्तिकारी छैनाँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ। स्वार्थी भएका छौँ।
क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिष्पर्धा गरेर त्याग गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्ने तिर उद्धत हुन थालेको प्रचण्डको भनाई छ।
‘हामी सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, त्यतातिर जान थालेका छौँ,’
‘हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरविरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ,’ उनले भने, ‘यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहिराखे त्यसको औचित्य सिद्धिन्छ ।’
अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे। उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए।
अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए।










