सामाजिक बिषयमा आधारित नेपाली कथानक टेलिचलचित्र “चेतना” को छायांकन सम्पन्न भएको छ
सबिनकुमार तोलाङगीको लेखन तथा निर्देशन गरेको टेलिचलचित्र “चेतना” मा बिद्या कार्की, आनन्द कार्की, सबिना गोपाली,रेशम गुरुङ, पार्बती गिरी, शोनि खत्री, सबिनकुमार तोलाङगी,लकी भण्डरी कमल प्रसाद शर्मा, चेतनारायण न्यौपाने, महेन्द्र कुमार श्रेष्ठ, ईश्वरी प्रसाद अधिकारी, उसा कार्की, आकृति भटटराई तामाङ, आर्सिना सिलवाल, अनिक बिसी र दश बहादुर तामाङको अभिनय रहेको छ ।

साझा मल्टी मिडीया प्रा.लीको ब्यानरमा निर्माण भइरहेको टेलि चलचित्र “चेतना” को प्रस्तुती कर्ता ईश्वरी प्रसाद अधिकारीको रहेका छन भने निर्माता प्रदिप अधिकारी र कमल प्रसाद शर्मा रहेका छन् । ।

नुवाकोट र काठमाण्डौको बिभिन्न क्षेत्रमा छायांकन भएको टेलिचलचित्र “चेतना” मा बिजय खड्का, बिरेन्द्र परियार र अमृत सुनुवारको छायांकन रहेको छ भने सिंगारमा अञ्जु भुजेल, मुख्य साहेक निर्देशक बिकल क्षेत्रीको रहेको छ ।
टेलिचलचित्र “चेतना” को संगितकार आर.बि लामा रहेका छन् भने भिडियो संपादन शक्ति प्रज्वल घिमिरे र सतिस श्रेष्ठको रहेको छ ।

टेलिचलचित्र “चेतना” मा नेपाली समाजलाई सुन्दर बनाउन आम जनतामा चेतनाको बिकास गर्न जरुरी छ । लेखक तथा निर्देशक सबिनकुमार तोलाङगीका अनुसार समाजमा बिद्यमान सबै प्रकारको बिभेदको अन्त्य हुन्छ , हत्या ,हिंसाको अन्त्य हुन्छ , समाज अन्धबिश्वासबाट मुक्त हुन्छ , भष्ट्रचार पुर्णरुपमा मुक्त हुन्छ अनि मात्र सुन्दर समाज बन्छ भन्ने सन्देश दिन खोजको छ ।

टेलिचलचित्र “चेतना” राष्ट्रिय टेलिभिजन मार्फत छिट्टै आउने कुरा लेखक तथा निर्देशक सबिन कुमार तोलाङगीले जानकारी दिए ।











