•            
    • sajhaonlinetv. com

    • ५ भाद्र २०७९, आईतवार ०३:१७

    गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति छु : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको बताएका छन् । गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका हुन् । 

    ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ ।’ प्रचण्डले भनेका छन् ‘गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती निधन भएको थियो । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै