•            
    • sajhaonlinetv. com

    • ८ भाद्र २०७९, बुधबार ०३:१८

    नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा भाइरल

    काठमाडौं । आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे ।

    यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो प्रसंग भाइरल भएको हो ।

    उनका विश्वभरका फ्यानले नेपाली विद्यालयको पाठ्यपुस्तकमा आफ्नी प्रिय गायिकाबारे छापिएको पुस्तकको खबरलाई भाइरल बनाएका छन् । भारतीय अनलाइन पोर्टलहरुले पनि यसलाई लेखेका छन् ।

    कक्षा ४ को पुस्तकमा सेलेनको गीत ‘हु सेज’लाई युट्युबमा सुनेर अंग्रेजी भाषा सुधार्न सकिने सन्दर्भमा लेखिएको छ । पुस्तकमा उक्त गीतको लिरिक्स समेत समावेश गरिएको छ । यो फोटोसहितको तस्वीर ट्वीटरमा भाइरल बनेको हो ।

    उक्त न्युजबारे फ्यानबीच अन्तरक्रिया पनि भएको देखिन्छ । विभिन्न मुलुकका सञ्चारमाध्यमले नेपाली स्कुलको पुस्तकमा सेलेनाबारे भएको चर्चालाई लिएर समाचार बनाइरहेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै