कप्तान रोहित पौडेलको ७८ रनको मद्दतमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीमा जारी दोस्रो ‘वान डे’मा टस जितेर पहिले पहिले ब्याटिङ गरेर नेपालले ४२ ओभर २ बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको हो । केन्याको नैरोबीमा भएको खेलमा कप्तान रोहित पौडेलले ७८ रन, देव खनालले ३७, सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन, बसिर अहमदल १७, आदिल आलमले १४ र करन केसीले ११ रन बनाएका थिए ।
नेपालले पहिलो विकेट अर्जुन साउदका रूपमा गुमाएको थियो । अर्जुन ५ रन बनाएर आउट हुँदा नेपालको १९ रन थियो । नेपालको ७५ रन हुँदा ज्ञानेन्द्र आउट भएका थिए । त्यसपछि प्रदीप ऐरी २ रन बनाएर आउट भए ।
नेपालका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले नेपाली क्रिकेट टीमको नेतृत्व गरिरहेका छन् । नेपालले दिएको लक्ष्य पछ्याउन केन्याले केहीबेरमा ब्याटिङ गर्नेछ ।
तीन एकदिवसीय सिरिजमा नेपालले पहलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।










