सिट बाँडफाँटका गर्न सत्ता गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलको बैठक बस्दै छ। केहीबेर पछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
बुधबार साँझ बसेको बैठकमा निर्वाचन क्षेत्र अनुसार सहमति बन्न सकेको थिएन।
प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० मध्य काङ्ग्रेसले धेरै सिटको दाबी छोड्न मानेको छैन। कांग्रेस अडानबाट झर्न नमानेपछि माओवादी , एकीकृत समाजवादी र जसपा पनि अडानमै छन्।
कार्यदलमा जुटेन सहमति, शीर्ष नेतालाई ब्रिफिङ
एउटै निर्वाचन क्षेत्रमा धेरै दलले दाबी गरेपछि बुधबारको बैठकमा सहमति नजुटेको हो।
आज (२३ भदौ) ९ बजेपछी बस्ने बैठकमा फेरि छलफल गरेर सहमति जुटाउन लागिएको हो।
सहमति नजुटे दिउँसो १ बजे शीर्ष नेतासहितको बैठकबाट समझदारी बनाउने जसपा नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले जानकारी दिए।










