•            
    • sajhaonlinetv. com

    • २४ भाद्र २०७९, शुक्रबार ०६:३१

    सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ।

    बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान लामिछानेमाथि बलात्कारको आरोप लागेको छ। १७ वर्षीया किशोरी बलात्कारको आरोपमा सन्दीपलाई पक्राउ गर्न अदालतले अनुमति दिए लगत्तै क्यानले निलम्बन गर्ने निर्णय गरेको हो।

    अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै क्यानले तत्काल निलम्बनको निर्णय लिएको हो।

    क्यारेवियन प्रिमियर लिग खेल्न सन्दीप भने वेस्ट इन्डिजमा छन्। अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै