•            
    • sajhaonlinetv. com

    • २६ भाद्र २०७९, आईतवार १४:४१

    हरेक राजनीतिक दलहरुले न्यायाधीशको कोटा माग्छन् : चोलेन्द्र शमशेर जबरा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्।

    आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै पठाउने गरेको बताएका हुन्। 

    न्यायाधीश नियुक्तीमा अनुचित ढिलासुस्ती गरेको आरोपको राणाले खण्डन गरे। 

    ‘कहिले कहिले परिस्थिति त्यस्तै बन्छ। खुल्ला रुपमा भन्दा फेरि प्रश्नहरु बाहिर जान्छन्। हामी खुल्ला समाजमा छौं। जनताको अदालतमा भनिएन भने पनि जनताको आकांक्षा भन्दा फरक हुन्छ। हरेक नियुक्तीमा राजनीतिक भागबण्डा हुन्छ। उहाँहरुको चाहना हुन्छ। हरेक नियुक्तीमा बारका पदाधिकारीको चाहना छ। हरेक पार्टीले सिफारिसै गरेर पठाएका हुन्छन्। यो न्यायाधीशलाई नियुक्ती गर्नुपर्छ भनेर। यो कुरा त लेटरप्याडमै परिषदलाई र प्रधानन्यायाधीशलाई पठाएका रेकर्ड छन्। किन लुकाउनुपर्छ’, राणाले बयानका क्रममा भने। 

    त्यसले गर्दा पनि योग्य व्यक्ति चयनमा कहिले कहिले केही ढिलाई भएको उनको भनाई छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै