४ असोज, काठमाडौं । हरिवन नगरपालिका–२, सर्लाही घर भएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको गोली हानी हत्या गरिएको छ । मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए ।

गौतमका अनुसार फर्किँएर आउँदा साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही पड्किएको आवाज आयो ।
‘आवाज आउने वित्तिकै झ्यालबाट बाहिर हेरेँ, माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पेस्तोल ताकेर लखेटिरहेको देखेँ,’ गौतमले हामी सग भनेस ‘ड्राइभरको सिटमा छु, बन्दुक हानी रहेको देख्छु, के गर्नु सोच्नै सकिनँ ।’ उनी भाग्न खोजे, तर मोहम्मदलाई ती आक्रमणकारीले लखेटिरहेका थिए । मेरो त होश हवाश नै उडयो, आफ्नै अगाडि फिल्मी सैली मा अपराधी हरुले उनको हत्या गरे।
मोहम्मद का छिमेकी तथा घटना को प्रत्यक्षदर्शीहरुका अनुसार मोहम्मदले गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए । त्यहीँ उनका श्रीमती, छोरीसहित अन्य सदस्य बस्दै आएका थिए । तल गोली हानेको देख्ने वित्तिकै तेस्रो तलाबाट सुरुमा दोस्रो तलामा रहेको टिनमा, त्यसपछि सिधै तल छोरीले हामफालिन्, ‘त्यसपछि उनी लखेट्दै पछि लागिन् । कारण जे सुकै भए पनि काठमाडौं को मुटु मै यसरी गोली हानेर कोही ब्यक्ती मारिनु सुरक्षा को दृष्टि ले पनि सार्है सम्बेदनशिल बिषय हो। समग्र मा भन्ने हो भने राजाधानी मै खुला सडक मा यो किसिम को हत्या हुनु ले देश को सुरक्षा ब्यवस्था कती कमजोर रहेछ भनेर सबै जनता आतन्कित भएको उनी बताउछन।
मोहम्मद को नाता मा भाउजु पर्ने सुस्मिता खातुन का अनुसार मोहम्मद लाई गोली हानेको देखेपछि घरबाट फाल हानेर झरेकी छोरीले पाँच सय मिटरसम्म गोली हान्नेलाई पछ्याइरहिन् ।‘एकजना मोटरसाइकल लिएर बाटो छेउमै बसिरहेका थिए,’ उनले भनिन्, ‘अर्का पनि पल्सर मोटरसाइकलमा भागेका थिए, जम्मा तीनजना थिए ।’ तर मोटरसाइकलमा भएका उनीहरुलाई छोरीले पछ्याउन सक्ने कुरै थिएन ।’खातुन थप्छिन्, करीब एक महिना अघी मात्र मोहम्मद लाई माओवादी का केही कार्यकताहरु आएर राजधानी मा बसेर बिभिन्न कारोबार गरे बापत पार्टी लाई चन्दा किन नबुझाएको रु बारम्बार हाम्रो माग लाई किन बेवस्ता गरेको अब चाँही धेरै कुर्न नसक्ने, तुरुन्त हप्ता दिन भित्र आउने चुनाव को लागि हाम्रो पार्टी लाई एक करोड सहयोग गर्नु पर्यो नत्र आफ्नो ज्यान को सुरक्षा आँफै गर्नु पर्ने भन्दै धम्क्याएको कुरा मोहम्मद ले परिवार मा बताएपछी पारिवारिक सल्लाह अनुसार नै लाल मोहम्मदले आफ्नो ज्यान खतरामा रहेको भन्दै प्रहरी बिट जम्मुडाँडामा माओवादी बिरुद्द निवेदन दिएका थिए। पारिवारिक स्रोतका अनुसार मोहम्मदमाथि केही साताअघि पनि आक्रमणको प्रयास भएको थियो तर प्रहरी ले माओवादी बिरुद्द को निबेदन मा खासै वास्ता नगरेकोले मोहम्मदले राष्ट्रिय मानवअधिकार आयोग मा पनि निवेदन दिएको स्रोतको भनाइ छ । माओवादी को एउटा टुक्रा अहिले पनि सरकार मै भएकोले प्रहरीले निवेदनलाई गम्भिररुपमा लिएन, अहिले ज्यानै गयो,’ परिवारका एक सदस्यले भने, ‘प्रशासनले बेवास्ता नगरिदिएको भए सायद अहिले यो घटना हुने थिएन । यस्को सम्पूर्ण जिम्मेबारी प्रहरी प्रशासन र सरकार ले लिनु पर्छ उनी थप्छन। तर एक अनुसन्धान अधिकृत भन्छन्, ‘अनुसन्धानका लागि माओवादी बिरुद्द को त्यो निबेदन पनि हत्यारा समक्ष् पुग्ने एउटा महत्वपूर्ण कोण हुन सक्छ तर अहिले बिभिन्न ब्यक्ती हरुको बयान लिने क्रम चलीरहेको छ र उनको बिगत को बारेमा पनि थुप्रै कुरा हरु खुल्दैछन तसर्थ अहिले नै केही भन्न सकिने अवस्था छैन, हामीले यो घटना लाई लियर विभिन्न पाटो केलाइरहेका छौं ।










