•            
    • sajhaonlinetv. com

    • १८ आश्विन २०७९, मंगलवार ११:२०

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नव दुर्गादेवीको पूजा आराधना

    राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् । 

    यसैक्रममा उनले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिइन् । त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।

    कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरूसँग सामूहिक तस्बिर समेत खिचाइन् । उनले गत वर्ष पनि वडा दसैँको महानवमीको दिन नौ जना कन्याहरूलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिइन्। भोलि (बुधबार) बडा दसैँको दसौँ दिन विजया दशमी पर्व मनाइदैछ । यस वर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा छ । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै