•            
    • sajhaonlinetv. com

    • २० आश्विन २०७९, बिहीबार ०८:४३

    सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ,लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगियो ।

    नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए ।

    उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

    उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

    पक्राउ गरे लगतै लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।  प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।   पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।   

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै