•            
    • sajhaonlinetv. com

    • २१ आश्विन २०७९, शुक्रबार १०:३७

    सत्ता गठबन्धन बाट जसपा बाहिरियो ,लोसपा भित्रियो

    काठमाडौँ — सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।  

    बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।

    लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै