ओखलढुंगाका चर्चित एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।
ओखलढुंगाका चर्चित एमालेका नेता बालकृष्ण ढुंगेल काडाघारी स्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । ढुंगेल लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पिडीत थिए । केही समय देखि उनलाई बिमारले च्यापेको थियो ।
सनिबार उनी बाथरुममा मृत अवस्थामा भेटिएको जानकारी उनी निकट माओवादी केन्द्रका ओखलढुंगाका युवा नेता मुकुन्द कार्कीले जानकारी थिए ।
ढुंगेलका श्रीमती र छोरी दशै मनाउन काठमाण्डौ बाहिरा रहेकोले ढुंगेलको मृत शरिरलाई पोष्ट माटमको लागी हस्पीटलमा लगिने जानकारी दिए ।
ढुंगेल ओखलढुंगा जिल्लाको निकै चर्चित नेता मानिन्छन् । एमाले र माओवाली केन्द्र बिभाजित भए पनि पछि उनी राम बहादुर थापा सँगै नेकपा एमाले तिर लागेका थिए । नेकपा एमाले का उनि पोलिट्ब्युरो सदस्य थिए । २०६४ सालको संबिधान सभाको चुनाब उनी भारी मत ल्याएर बिजय भएका थिए । उनी लामो समय जेलमा पनि रहे । संकटकालमा शाही नेपाली शेना निकै क्रुर शारीरिक याताना दिएकोले पनि उनको मृगौला फेल भएको थियो ।











