•            
    • sajhaonlinetv. com

    • २२ आश्विन २०७९, शनिबार १३:५१

    सभामुख सापकोटा सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किए

    अग्निप्रसाद सापकोटाले सभामुखको हैसियतमा पाउने सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किएका छन् । सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

    सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए । संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन् । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै