•            
    • sajhaonlinetv. com

    • २७ आश्विन २०७९, बिहीबार ११:२१

    रौतहट ३ मा सत्तारुढ गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने,माओवादी केन्द्रका धीरज पटेलले उम्मेदवारी फिर्ता लिदै ।

    काठमाडौँ — सत्तारुढ गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो ।

    रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागिएको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए । ‘

    रौतहट ३ मा सत्तारुढ गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ,’ उनले भने पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादीले नेताले बताएका छन् । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

    एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।

    साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै