•            
    • sajhaonlinetv. com

    • १ कार्तिक २०७९, मंगलवार १६:१६

    आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएको अवस्थामा नयाँ नीति पारित गरेको हो वा होइन भन्दै आयोगले स्पष्टकीरण सोधेको हो ।

    कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार भन्ने समाचार तथा विभिन्न सामाजिक सञ्जालबाट आयोगमा प्राप्त हुन । आएका जानकारीप्रति आयोगको ध्यानाकर्षण भएर यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम पारित गरेको हो वा होइन ? आयोगको सहमती बेगर नयाँ नीति कार्यक्रम गरेको हो भने सम्बन्धित पदाधिकारीलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने ?’ आयोगले प्रधानमन्त्री कार्यालयलाई बुधबारसम्म यी प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।

    आयोगले यसअघि बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र भक्तपुर क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै