•            
    • sajhaonlinetv. com

    • १३ कार्तिक २०७९, आईतवार ०९:४८

    गाडी आयात बन्द गर्दा पनि आर्थिक वर्ष २०७९/२०८० को ३ महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा

    चालु आर्थिक वर्ष २०७९/२०८० को ३ महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। साउन, भदौ र असोज महिनामा वस्तु आयात ४ खर्ब रुपैयाँ बराबरको भएको छ भने वस्तु निर्यात ४१ अर्ब रुपैयाँ बराबरको भएको छ।

    गत आर्थिक वर्षको ३ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालको कूल वैदेशिक व्यापार नै घटेको छ। वस्तु आयात १६ दशमलव २० प्रतिशतले घटेको छ। यस्तै, वस्तु निर्यात ३५ दशमलव ७१ प्रतिशतले घटेको छ। 

    कूल वैदेशिक व्यापार गत आर्थिक वर्षको तीन महिनामा ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको रहेको थियो भने अहिले ४ खर्ब ४२ अर्ब रुपैयाँमा झरेको तथ्यांकले देखाएको छ।

    नेपालमा वस्तु आयात धेरै भयो भन्दै गत वैशाख ११ गतेदेखि गाडी, मदिरा लगायतका वस्तुको आयनत प्रतिबन्ध लगाइएको थियो। जुन प्रतिबन्ध अहिले पनि कायम छ।
     

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै