•            
    • sajhaonlinetv. com

    • १४ कार्तिक २०७९, सोमबार ०८:२६

    क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अभियोगपत्र दर्ता, १०-१२ वर्षसम्म कैद सजाय माग

    सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । ‘अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ । जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ,’ उनले भने, ‘आज मुद्दा बुझायौं । भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुन्छ ।

    लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

    गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो ।

    गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

    केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

    न्दीपको मुद्दामा दुई क्रिकेटरले दिए यस्तो बयान क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा क्रिकेट खेलाडी साहब आलम र देव खनालले बयान दिएका छन्। जिल्ला सरकारी वकिल कार्यालयमा आलम र खनालले बयान दिएका हुन्। बलात्कार मुद्दामा हिरासतभित्र रहेका लामिछाने बलात्कार आरोप लागेको दिन गाडी बिग्रिएर बनाउन गएको आलमले बताएका छन्। 

    करिब १५ दिन अगाडीदेखी नेपाल राष्ट्रिय क्रिकेटका कप्तान सन्दिप लामिछाने लगायतका खेलाडीहरु हायात प्यालेसमा क्याम्प खडा गरी बसेको पनि उनले बयानका क्रममा उल्लेख गरेका छन्। सन्दीपको गाडी मर्मतका लागि ललितपुरको च्यासल गएको र फर्कँदा सन्दीपको मोबाइलमा उक्त केटीको फोन आएको उनले बताएका छन्। 

    ‘मिति २०७९।०५।०५ गते बिहान म लगायतका खेलाडीहरुले बिहानको तालिम तथा प्रशिक्षण सकेपश्चात सन्दिप लामिछानेले मेरो गाडी बिग्रेको छ, मर्मत गर्न जाउँ भनेको हुँदा दिउँसो करिब २/३बजेको समयमा म र सन्दिप लामिछाने निजको गाडी मर्मत गर्न भनी जिल्ला ललितपुर च्यासल भन्ने ठाउँमा गएका थियौँ,’ बयानका क्रममा उनले भनेका छन्, ‘गाडी मर्मत गरी फर्किदै गर्दा सन्दिप लामिछानेले गाडी डाईभिङ गरेका र आफ्नो मोबाइलमा गुगल म्याप समेत चलाएका थिए। सोही समयमा निज सन्दिप लामिछानेको स्न्याप च्याटमा म्यासेज आएको हुदा निज सन्दिप लामिछानेले आफू ड्राईभिङ गरिरहेकोले मलाई कस्को म्यासेज आयो हेर त भनी मोबाइल दिएका थिए।’

    सन्दिप लामिछानेको स्न्याप च्याटमा आएको मोबाइल नम्बरमा ‘सन्दिप लामिछानेले मलाइ कल गर्नु’ भनी भनेकोले आफ्नो नम्बरबाट फोन गरेको उनले बताएका छन्। ‘त्यसको केही समय पश्चात सोही नम्बरबाट मेरो मोबाइलमा फोन आउँदा मैले चिन्न नसकेकोले चिनिन भन्दा निजले फोन काटेकी थिईन,’ आलमले बयानका क्रममा भनका छन्, ‘मैले चिनिन भन्दा फोन काटेकोले सन्दिप लामिछानेले मलाइ पुन फोन गर्नु भनेको हुदा मैले मेरो नम्बरबाट फोन गरी सन्दिप लामिछानेलाई कुरा गर्न दिएको थिएँ।’

    त्यसपछि आफूहरु हायत होटलमा गएको उनले बयानका क्रममा भनेका छन्। आफू हायात पुगेपछि लामिछाने कहाँ गए र कसलाई भेटे भन्ने थाहा नभएको उनले बयानमा उल्लेख गरेका छन्।  

    त्यस्तै, अर्का क्रिकेट खेलाडी देव खनालले मी हायत प्यालेसमा रहेको समयमा निज सन्दिप लामिछानेले गितार बजाउँदै, गित गाएको भिडियो स्न्याप च्याट मार्फत सन्दिप लामिछाने समेतलाई पठाएको उल्लेख गरेका छन्।

    उनले उक्त पीडित भनिएकी किशोरीसँग आफूहरुको कुराकानी भइरहने गरेको उल्लेख गरेका छन्। 

    ‘कुराकानीको क्रममा निजले तपाई राम्रो खेल खेल्नु हुने रहेछ, म तपाईको फ्यान हुँ, तपाईको खेल मलाई साह्रै मन पर्छ, तपाईको गेम कस्तो हुदै छ भन्ने जस्ता म्यासेज स्न्याप च्याटमा पठाईरहने र निजसगँ खेल सम्बन्धी कुराकानी भईरहने भएकोले निजलाई मैले सोसियल मिडिया मार्फत चिनेको हुँ तर निजलाई हाल सम्म प्रत्यक्ष रुपमा देखेको छैन, फोटोमा मात्र देखेको छु,’ बयानमा देवले भनेका छन्, ‘…यकिन मिति याद भएन, हामी हायत प्यालेसमा रहेको समयमा निज सन्दिप लामिछानेले गितार बजाउँदै, गित गाएको भिडियो मैले मेरो स्न्याप च्याट मार्फत सन्दिप लामिछाने समेतलाई तबन  गरी स्न्याप च्याटमा रहेका मेरा २०/२५ जना साथीहरुलाई कभलत गरेको थिएँ। उक्त भिडियो परिवर्तित नाम गौशाला २६(१) ०७९/०८० लाई समेत गएको थियो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै