•            
    • sajhaonlinetv. com

    • १५ कार्तिक २०७९, मंगलवार ०७:४५

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनको भेटवार्ता

    माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न राजदूत थम्प्सन मंगलबार बिहान खुमलटार पुगेका थिए । 

    भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ । ‘भेटवार्तामा वर्षौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको छ,’ दाहालको सचिवालयले भनेको छ ।

    अध्यक्ष दाहालले नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोगबारे चर्चा गरेको उनको सचिवालयले जानकारी दिएको छ । ‘नेपाल र अमेरिकबीच वर्षौंदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ दाहालले भनेका थिए । नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै दाहालले त्यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

    राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपालमा आउँदा खुसी व्यक्त गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । ‘उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकी सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो,’ राजदूत थम्प्सनको भनाइ उल्लेख गर्दै दाहालको सचिवालयले भनेको छ ।

    ७५ वर्षदेखिको नेपाल-अमेरिका सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास राजदूत थम्प्सनले व्यक्त गरेका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै