•            
    • sajhaonlinetv. com

    • २० चैत्र २०७८, आईतवार १६:२२

    प्रधानमन्त्री देउवा भारतको तीन दिनेभ्रमण पूरा गरी स्वदेश फिर्ता

    २० चैत्र काठमान्डौ, प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् ।

    उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।



    भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए । त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार बिहान धार्मिक नगरी वाराणसी पुगेका थिए ।



    त्यस अवसरमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहेका थिए । 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै