•            
    • sajhaonlinetv. com

    • १६ कार्तिक २०७९, बुधबार ११:२२

    नेकपा माओवादी केन्द्रको र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज

    युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो ।

    जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ ।

    माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको गीत रिलिजअघि माओवादी नेताहरुले यसबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका थिए ।

    ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो । यसअघि चुनाव र राजनीतिक आन्दोलनमा जनवादी गीत मात्रै रिलिज गर्ने आमचलन थियो ।

    तर क्रमशः राजनीतिक संगीतमा पनि नयाँपुस्तालाई लक्षित गर्दै अलग जनराको अभ्यास हुन थालेको छ । सोहीअनुसार र्‍याप गीत ल्याइएको माओवादी केन्द्रले जनाएको छ ।

    हिपहप संगीतको एउटा हाँगा मानिने र्‍याप गायन पछिल्लो समय नेपाली तन्नेरीमाझ पनि मौलाइरहेको छ ।

    https://www.youtube.com/watch?v=WPmvHJbS40E

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै