जय प्राप्ती म्युजिक प्रा.ली को आयोजनमा जय प्राप्ती म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ । उक्त म्युजिक अवार्र्डमा सर्वत्कृष्ट पप गीत मोडल को उपाधि नायिका तथा मोडेल आस्विनी शाहीले जितेकी छिन् ।
२०७९ कात्तिक १५ गते काठमाण्डौको जमल स्थित राष्ट्रिय नाँचघरमा सम्मन्न अवार्डमा भोजपुरी चलचित्रमा नायिकाको रुपमा काम गरिसकेकी नायिका तथा मोडल मोडेल आस्विनी शाहीले पप गित “अबिरल मायाँको कोसेली” गीतबाट अवार्ड जितेकी हुन् । जुन गितमा चर्चित मोडल सुधिर श्रेष्ठ सँग सहकार्य गरेकी थिइन् ।











