•            
    • sajhaonlinetv. com

    • २० चैत्र २०७८, आईतवार १७:१७

    नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘चिसो एष्ट्रे’

    २० चैत्र काठमाडौँ , यही चैत ४ गते शुक्रबार देखि सार्वजनिक प्रदर्शनमा भएको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव,२०२२, राष्ट्रिय सभा गृहमा आज प्रर्दशन भएको छ ।
    विश्वका ५५ राष्ट्रबाट आएका ५०० वटा चलचित्रबाट छानिएका ३८ राष्ट्रका ८९ वटा चलचित्र प्रर्दशनरत छन भने फिचर तर्फ नेपालबाट ‘चिसो एष्ट्रे’ छानिएको थियो ।
    चलचित्रका मुख्य नायक नबिन लम्सालका अनुसार एउटा गाउले केटो सहरको ठिटो बन्ने चक्करमा उसले भोग्नु परेको कुराहरुलाई यस चलचित्रमा देखाउन खोजिएको छ । यो चलचित्र हेर्दा निकै मौलिक र सार्थक लाग्ने छ । दर्शकहरुलाई आफ्नै कथा र ब्याथा जस्तो अनुभुति हुने छ ।
    चलचित्रको कथा बस्तु, पात्रहरुको सुन्दर प्रस्तुती र निर्देशकको सरल निर्देशनात्मक शैलीका कारण चलचित्रको सवै तिर चर्चा परिपर्चा भइरहेको नायक नबिन लम्सालको तर्क छ ।
    नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव को यो पाँचौ संस्करण हो । कोरानाबाट सवै क्षेत्र तहसनहस भएको अवस्थामा नेपाली चलचित्र क्षेत्र पनि नराम्रो सँग मारमा परेको छ । यस्तो जटिल अवस्थामा पनि भब्यरुपमा अन्र्तराष्ट्रिय स्थरको चलचित्र महोत्सव गर्ने कार्य निकै चुनौति पुर्ण र कठिन कार्य हो । नायक नबिनले आयोजक सस्था प्रति कृतज्ञता समेत ब्यतm गर्न भ्याए ।
    कवि भूपी शेरचनले काठमाडौँ सहरलाई ‘चिसो एष्ट्रे’ विम्बको रुपमा प्रस्तुत गरेका थिए । आफु पनि त्यहि विम्बबाट प्रभावित भएर ‘चिसो एस्ट्रे’ निर्देशन गरेको निर्देशक दिनेश पाल्पालीले जानकारी दिए ।
    निर्देशक पाल्पालीको लेखन रहेको फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।
    फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्ममा प्रविन स्याङ्बा र सुस्मिता पराजुलीको सहलगानी छ ।
    उज्जल बस्ताकोटीले खिचेको फिल्ममा अजर जंगमको संगीत, निर्देशक पाल्पालीको लेखन र उज्जवल ढकालको सम्पादन छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै